कांग्रेसको केन्द्रीयसमितिको बैठक बस्ने, के छ एजेण्डा ?

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन तयारीका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बैठक बस्नेछ । बैठक आइतबार वा सोमबार बस्नेछ ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार राष्ट्रिय सभाको निर्वाचन तयारीका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्ने तयारी भएको बताए । उनले भने, ‘बैठक आइतबार वा सोमबारमध्ये एक दिन बस्नेछ ।’

कांग्रेससहितका ५ दलबीच गठबन्धन बनेको छ । गठबन्धनका दलहरू राष्ट्रिय सभाको निर्वाचनमा मिलेर प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेका छन् ।

कांग्रेसका केही नेताहरूले सिट बाँडफाँटका विषयमा आन्तरिक गृहकार्यहरू गरिरहेका छन् ।

कांग्रेससहितका ५ दलीय गठबन्धन मिलेर एमालेलाई राष्ट्रिय सभाको निर्वाचनमा हराएर पाठ सिकाउने तयारी गरेका छन् ।

Published : Saturday, 2022 January 1, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया