मुस्ताङमा हिउँमाथि कांग्रेसको मेलमिलाप दिवस, थकालीले सम्झिए वीपी

लेते । नेपाली कांग्रेस मुस्ताङले मौसमको प्रतिकुलताका बाबजुद राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।

शुक्रबार थासाङ गाउँपालिकाको लेतेमा मेलमिलाप दिवस मनाइएको हो । कार्यक्रममा पार्टी सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले वीपी कोइरालाको मेलमिलापको नीतिका विषयमा जानकारी गराएका थिए ।

सभापति थकालीले राष्ट्रियता, प्रजातन्त्र र देशका लागि वीपी कोइरालाले आफ्नो जीवनको प्रवाह नगरेर भारतबाट निर्वासित जीवन त्याग गरेर स्वदेश आएको बताए । उनले वीपी कोइरालाले देखाएको मार्ग र त्याग कांग्रेसका लागि अहिले पनि सान्दर्भिक रहेको बताएका छन् ।

नेपाली कांग्रेस थासाङ गाउँपालिकाका सभापति रुपेश तुलाचनको सभापतित्वमा भएको कार्यक्रममा नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

Published : Friday, 2021 December 31, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया