वीपीका प्रिय खुमबहादुरलाई ‘गिरिजा–सुशील–शेखर’ले यसरी समाप्त पारे
काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काले देश, जनता र पार्टीका लागि ठूलो योगदान दिएका छन् ।
खड्कालाई वीपी कोइरालाले निकै रुचाइएका नेतामा लिन्थे । वीपीले आफ्नो सुरक्षाका लागि राखिएको बन्दुक (मेसिन गन) खुमबहादुर खड्कालाई दिनु भनेर भनेको कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।
निडर र हकी स्वभावका खड्कालाई वीपीले निकै विश्वास गर्थे । वीपीले खड्कालाई पार्टीका महत्वपूर्ण जिम्मेवारी पनि दिएका थिए ।
वीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर आठ वर्षको निर्वासित जीवन त्याग गरेर स्वदेश फर्कने क्रममा खुमबहादुर खड्का पनि सँगै आएका थिए ।
भारतबाट वीपीसँग स्वदेश आउनेमा गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाइँ र खुमबहादुर खड्का थिए ।
त्यसवेलाको शक्तिसन्तुलनमा आफू र तत्कालीन राजालाई नेपालको प्रजातान्त्रिक र राष्ट्रवादीशक्तिको रूपमा चित्रण गरी आफ्नो र राजाको सहयात्राको प्रस्ताव नै राष्ट्रिय मेलमिलाप थियो ।
राजासँग मुढभेड नगर्ने, व्यवस्था स्वीकार नगर्ने नीतिका साथ वीपी स्वदेश फर्किभएको प्रसंगलाई आजको राजनीतिक सन्दर्भमा समेत राष्ट्रियता र प्रजातन्त्रको प्रश्नसंग जोडेर मेलमिलाप दिवस मनाइँदै आइएको छ ।
वीपीले मन पराका खुमबहादुरलाई वीपीकै परिवारबाट तिस्कार भयो । कांग्रेसमा खुमबहादुरको कामबाट गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेखर कोइरालाहरूलाई मन परेन । शेखर कोइरालाकी आमा नोना कोइरालालाई जहिले पनि आफ्नै आमासरह मान्दै आएका खुमबहादुरले खुट्टामा ढोग्दै आएका थिए । नोनाले समेत खुमबहादुरलाई अन्तिम समयमा साथ दिइनन् ।
शेखर कोइराला र उनकी आमा नोना कोइरालाले भनेको कुरा गिरिजाप्रसाद कोइरालाले कहिल्यै पनि काट्दैन थिए । गिरिजाप्रसादका सल्लाहकार शेखर र नोना थिए ।
गिरिजाप्रसादले आफूलाई खुमबहादुरबाट सधैँ असुरक्षित ठाने । नचाहँदा–नचाहँदै पनि खुमबहादुरलाई पार्टी र सरकारमा ठाउँ दिनु पर्यो ।
खुमबहादुरले कांग्रेस पार्टीका सभापति बनेर आफूलाई समाप्त पार्छ भन्ने डरले गिरिजाप्रसादले खुमबहादुरलाई भ्रष्टाचारको मुद्धा लगाएर राजनीति नै समाप्त पारिदिए । खुमबहादुरलाई देशभरिका कार्यकर्ताले धेरै मन पराएका थिए । कार्यकर्ताले खुमबहादुरलाई मन पराएको कुरा कोइराला परिवारलाई इगो बनेको थियो ।
गिरिजाप्रसादको निधनपछि मुद्धा सर्वोच्च अदालतमा चलिरहेको थियो । त्यस बेल राष्ट्रपति रामवरण यादव थिए । प्रधानमन्त्री सुशील कोइराला थिए ।
खुमबहादुरले सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सफाइ पाउने पक्का जस्तै थियो । सुशील कोइराला, रामवरण यादव र शेखर कोइरालाको दवावमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले खुमबहादुरलाई भ्रष्टाचार ठहर गरेर जेलमा पठाइन् । सुशीला कार्कीकी पतिलाई वीपीले ‘सुराकी’ भनेर अविश्वास गरेका थिए ।
वीपीको रिस सुशीला कार्कीले खुमबहादुरलाई भ्रष्टाचारमा जेल सजाय दिएर बदला लिएको चर्चा छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया