गगन–विश्व–रामहरिको वरीयता कति ? पुछारमा राना, को कति नम्बरमा पुगे ?
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी र सदस्यहरूको वरीयता निर्धारण गरेको छ ।
१४औँ महाधिवेशनबाट निर्वाचित सभापतिसहित १३५ जनाको वरीयता तोकिएको छ । केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा राखिएको नामअनुसार सूची बाहिरिएको छ । कांग्रेसले औपचारिक रुपमा वरीयताको निर्णय बाहिर ल्याएको छैन ।
वरीयतामा नेताहरूको असन्तुष्टि छ । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि भन्दै बैठकको निर्णय माइन्युटमा राखिएको सूचीमा नेताहरूले हस्ताक्षर गरेअनुसार वरीयताको नाम बाहिर आएको छ ।
सभापति देउवा सबैभन्दा माथि छन् । दोस्रो वरीयतामा उप–सभापति पूर्णबहादुर खड्का छन् । उप–सभापति धनराज गुरुङले तेस्रो वरीयतामा छन् ।
चौथो वरीयतामा महामन्त्री गगनकुमार थापा र पाँचौँ वरीयतामा महामन्त्री विश्वप्रकाश शर्मा छन् ।
छैटौँमा सह–महामन्त्री फरमुलाह मन्सुर, उमाकान्त चौधरी सातौं, महालक्ष्मी उपाध्याय ‘डिना’ आठौं, भीष्मराज आङ्दम्वे नवौं, महेन्द्र यादव दशौं, किशोरसिंह राठौर ११ औं, बद्री पाण्डे १२ औं तथा जीवन परियार १३औं वरीयतामा छन् ।
सदस्यहरूमा बालकृष्ण खाण २२औँ नम्बरमा छन् । गोपालमान श्रेष्ठ १४औँ नम्बरमा छन् । शशांक कोइराला १५औँ नम्बरमा छन् । सुनीलबहादुर थापा १९औँ नम्बरमा छन् ।
सभापतिमा पराजित शेखर कोइराला २०औँ नम्बरमा छन् । केन्द्रीय सदस्य खुलातर्फ लोकप्रिय मतसहित टप फाइभभित्र परेका रामहरि खतिवडा ९३औँ वरीयतामा छन् ।
सबैभन्दा पुछार १३५औँ वरीयतामा जीवन राना रहेका छन् । विनोद चौधरी ९६औँ नम्बरमा छन् । टेकबहादुर गुरुङ ७६औँ वरीयतामा परेका छन् । सुजाता परियार ४०औँ वरीयतामा छिन् । बहादुरसिंह लामा ५०औँ वरीयतामा छन् ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया