विश्वप्रकाशभन्दा अगाडि गगन, २०औंमा शेखरको वरीयता
काठमाडौं । नेपाली कांग्रेसको वरीयतामा गगनकुमार थापाभन्दा विश्वप्रकाश शर्मा एक स्टेप तल परेका छन् ।
थापालाई वरीयतामा शर्माभन्दा माथि राखिएको छ । थापाले धेरै मत पाएका थिए । शर्माले थापाले भन्दा कम मत पाएका थिए ।
सभापति शेरबहादुर देउवा, उप–सभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङपछिको वरियता थापालाई राखिएको छ । त्यसपछि शर्मा छन् ।
थापा १२ र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए । शर्मा १३औं महाधिवेशन केन्द्रीय सदस्य र प्रवक्ता बनेका थिए ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)मा शर्मा अध्यक्ष रहेको समितिमा थापा उपाध्यक्ष थिए । शर्मा नेविसंघको राजनीतिमा थापाभन्दा वरिष्ठ हुन् ।
सभापतिमा पराजित भएका शेखर कोइरालाको वरियता २०औं नम्बरमा राखिएको छ ।
शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औं नम्बरमा राखिएको छ ।
शेखरलाई भन्दा माथि पूर्वपदाधिकारीलाई राखिएको छ । शेखर केन्द्रीय सदस्यहरूभन्दा माथि रहनेछन् ।
नयाँ वरियताअनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन् । त्यसपछि पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा। शशांक कोइरालालगायत रहेका छन् ।
त्यसपछि शेखरलाई राख्दा उनको वरियता २० औंमा परेको हो । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमात्रै रहेका कोइरालाको त्यतिबेलाको वरियता ३५ औं नम्बरमा थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया