देउवा–गगन–विश्वसहितका नेताले लिए प्रमाण पत्र (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको छ ।

शनिबार ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आयोजित विशेष कार्यक्रममा समितिका पदाधिकारीहरूले शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका छन् ।

समितिले उप–सभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई निर्वाचित भएको प्रमाण पत्र दिएको छ ।

गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पनि समितिले महामन्त्री पदमा निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको छ ।

सह–महामन्त्री र केन्द्रीय सदस्यमा निर्वाचित सबैलाई समितिले प्रमाण पत्र प्रदान गरेको छ ।

प्रमाण पत्र लिन सीमित नेताहरू मात्रै उपस्थित भएका थिए ।

प्रमाण पत्र लिनेमा सह–महामन्त्री फर्मुल्ला मन्सुर, भीमष्राज आङदेम्वे, महालक्ष्मी उपाध्याय ‘डिना’, उमाकान्त चौधरी, बद्री पाण्डे, जीवन परियार रहेका थिए ।

सदस्यहरूमा शशांक कोइराला, मोहनबहादुर बस्नेत, दीपक गिरी, योगेन्द्र चौधरी, आरजु राणा, मञ्जु खाण, सरिता प्रसाइँ, गणेश लामा, रामजनम चौधरी, सुजाता परियार, सीता गुरुङ, कर्णबहादुर बुढा, कृष्णकिशोर घिमिरे, नैनसिंह महर, जितजंग बस्नेत, राजिव ढुंगाना, प्रतिमा गौतम, दिलेन्द्रप्रसाद बडू, आङगेलु शेर्पा, श्यामप्रसाद घिमिरे, गेहेन्द्र गिरी, कुन्दनराज काफ्ले, चन्द्रमोहन यादव, अजय शिवाकोटी, विनोद चौधरी, उमेश श्रेष्ठ, गोविन्द पोखरेल, मुक्ता यादवलगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 December 25, 2:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया