हामी सबै मिलेर राष्ट्रियसहित सबै निर्वाचन जित्ने हो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई राष्ट्रिय निर्वाचन र स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताएका छन् ।
१४औँ महाविधेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाण पत्र प्रदान गर्न ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सबै मिलेर एकताबद्ध बनेर राष्ट्रिय निर्वाचन र स्थानीय तहको निर्वाचन जित्ने बताए ।
‘राष्ट्रिय निर्वाचनदेखि स्थानीय निर्वाचन जित्नु छ’, उनले भने, ‘सबै मिलेर निर्वाचन जित्नुपर्छ ।’
सभापति देउवाले पहिलो पटक कांग्रेसले महिलाहरूलाई ठाउँ दिएको बताएका छन् । उनले सबै जातजाती र नेताहरूले स्थान पाएको समेत बताए ।
सभापति देउवाले कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई कांग्रेसको १४औँ महाविधेशन सफलताका साथ सम्पन्न गरेको भन्दै धन्यावाद दिएका छन् ।
निर्वाचन समितिले विभिन्न अड्चन र प्रतिकूलताका बीच वडादेखि केन्द्रसम्म निर्वाचन गरेको भन्दै प्रशंसा गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया