कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै, निर्वाचितहरूलाई प्रमाण पत्र दिइने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाविधेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्नेछ ।

बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ ।

मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सभापति, पदाधिकारी र सदस्यहरूको निर्वाचन भएको थियो ।

निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र आठ सह–महामन्त्री पदका लागि निर्वाचन भएको थियो ।

कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने व्यवस्था उल्लेख छ ।

Published : Saturday, 2021 December 25, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया