कांग्रेसले पहिलो पटक चेपाङलाई मन्त्री बनाएर इतिहाँस रच्यो, बानियाँले हेरेनन् व्यक्तिगत लाभ
हेटौँडा । वाग्मती प्रदेश सरकारमा नेपाली कांग्रेसका मन्त्रीहरू सहभागी भएका छन् ।
शुक्रबार मुख्यमन्त्री राजेन्द्र पाण्डेले कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरूलाई मन्त्रिपरिषदमा समावेश गराएका हुन् । कांग्रेसबाट सिफारिस भएका सबै मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पाण्डेले कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् । कांग्रेसले चोपाङ समुदायको व्यक्तिलाई पहिलो पटक मन्त्री बनाएर अल्पसंख्यकहरूको सम्मान गरेको छ । भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका सन्तबहादुर प्रजा ‘चेपाङ’ समुदायका हुन् ।
बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा बलराम पौडेलले शपथ लिएका छन् ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपालीले शपथ लिएकी छिन् ।
योसँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ ।
नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवम् सभापति इन्द्रबहादुर बानियाँले समावेशी रुपमा पार्टीको तर्फबाट मन्त्रीहरू सिफारिस गरेका हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया