कांग्रेसको प्रदेश नं. २ को सभापतिमा कृष्ण यादव निर्वाचित, सभापतिमा मन्त्री पराजित

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश नं. २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् ।

शुक्रबार बिहान जनकपुरधाममा प्राप्त अन्तिम नतिजाअनुसार यादव सभापतिमा निर्वाचित भएका हुन् । यादवले ९९६ मत प्राप्त गरेका छन् । यादव सभापति शेरबहादुर देउवा निकटका हुन् ।

यादवका प्रतिद्वन्द्वी रामसरोज यादव पराजित भएका छन् । रामसरोजले ८५५ मत मात्र प्राप्त गरेका छन् । रामसरोजलाई विमलेन्द्र निधि र शेखर कोइरालाको समर्थन थियो ।

सभापति पदमा खसेको मतमध्ये ३० भोट बदर भएको छ ।

कृष्ण यादव रौतहट कांग्रेसका सभापति र पूर्वसांसद पनि हुन् । रामसरोज यादव कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

उप–सभापतिलगायत पदहरूमा मतगणना भइरहेको छ ।

सतसठ्ठी पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदान भएको थियो । एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ मत खसेको थियो ।

Published : Friday, 2021 December 24, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया