कांग्रेसको केन्द्रीय सदस्यमा लामाले अत्याधिक मत पाए, गगनको स्मरण गराए

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा बहादुरसिंह लामाले लोकप्रिय मतसहित निर्वाचित भएका छन् ।

बिहीबार राति कांग्रेसको केन्द्रीय निर्वाचित समितिद्वारा जारी विज्ञप्तिअनुसार लामाले २११४ मत पाएका छन् । लामा तेस्रो स्थानमा निर्वाचित भएका छन् ।

आदिवासी जनजातीतर्फ ८ पदमा लामाले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका थिए । आदिवासी जनजातीतर्फ ५० जना नेताहरूले उम्मेदवारी दिएका थिए ।

प्रतिनिधि सभाका सांसद समेत रहेका लामा कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहेर काम गरिसकेका छन् ।

सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरे पनि विचार समूहका नेताहरूको परामर्शमा लामाले सह–महामन्त्रीबाट ब्याक भएर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।

Published : Thursday, 2021 December 23, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया