कांग्रेसको केन्द्रीय सदस्यमा जनजातीतर्फ कमाल भयो, टेकबहादुरले टेकप्रसादलाई जिताइदिए
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य आदिवासी जनजातीतर्फ ८ जना नेताहरू निर्वाचित भएका छन् ।
पार्टी कार्यालय सानेपामा बिहीबार सम्पन्न मतगणनामा आदिवासी जनजातीतर्फका ५० जना उम्मेदवारमध्ये ८ जना नेताहरू निर्वाचित भएका हुन् । ८ पदमध्ये ७ जना शेरबहादुर देउवा समूहका विजयी भएका छन् । एक जना शेखर कोइराला समूहका निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङगेलु शेर्पा, तारामान गुरुङ र टेकप्रसाद गुरुङ रहेका छन् ।
आदिवासी जनजातीतर्फ उम्मेदवार बनेका दुई जना नेताहरूको नाम मिल्दा शेखर कोइराला समूहलाई फाइदा भएको छ ।
टेकबहादुर गुरुङ र टेकप्रसाद गुरुङको नाममा महाधिवेशन प्रतिनिधिहरू झुक्किदा समस्या भएको हो ।
टेकबहादुर गुरुङ ५औँ स्थानमा धेरै मत ल्याएर निर्वाचित भएका छन् । टेकप्रसाद गुरुङसँग नाम जुधेका कारण टेकबहादुर गुरुङको झण्डै ३ सय मत काटिएको छ ।
मतदाताहरूले झुक्किएर टेकबहादुर गुरुङको मत टेकप्रसाद गुरुङलाई दिएको मतगणनाका क्रममा आएको मतको तथ्याङ्कले देखाएको छ ।
टेकबहादुर गुरुङ सभापति शेरबहादुर देउवाको प्यानलमा थिए । टेकप्रसाद गुरुङ सभापतिमा पराजित शेखर कोइरालको प्यानलबाट उम्मेदवार बनेका थिए ।
टेकबहादुर गुरुङ भनेर झुक्किएका कारण त्यसको फाइदा टेकप्रसाद गुरुङले लिएर निर्वाचित भएका छन् । टेकबहादुर गुरुङ टप थ्रीमा पर्न सकेनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया