कांग्रेसको केन्द्रीय सदस्य जनजातीतर्फ यी आठ नेताहरू निर्वाचित सरह, मन्त्रीनै पराजित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य आदिवासी जनजाती ८ जनातर्फ ४२ सय मतगणना सम्पन्न भएको छ ।
बिहीबार सार्वजनिक भएको पछिल्लो नतिजाअनुसार आठ नम्बरभित्र परेका नेताहरूको जित सरह भएको छ । मतगणना जारी रहे पनि उनीहरूले नै जित्ने पक्का छ ।
चिनकाजी श्रेष्ठ २०३७ मतसहित अगाडि छन् ।
उमेश श्रेष्ठले १८८७ मत पाएका छन् । बहादुरसिंह लामाले १८५८ मत पाएका छन् ।
दिलमान पाख्रिनले १७५० र टेकबहादुर गुरुङले १६९७ मत पाएका छन् ।
आङगेलु शेर्पाले १६३५, तारामान गुरुङले १६१६ र टेकप्रसाद गुरुङले १५९३ मत पाएका छन् ।
आठ जना केन्द्रीय सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका थिए । लुम्बिनी प्रदेशका मन्त्री वीरबहादुर राना पुछारबाट तेस्रो स्थानमा परेका छन् । रानाले ११८८ मत पाएका छन् ।
चितवन कांग्रेसका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ ९ नम्बरमा छन् । श्रेष्ठले १४४० मत पाएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया