नेता तामाङले ललितपुर कांग्रेसका लागि ७० लाख खर्च गर्ने, कार्यालय बनाइदिने
चापागाउँ । नेपाली कांग्रेस ललितपुरका युवा नेता रामकृष्ण ब्लोन तामाङ ‘इन्द्र’ले पार्टी कार्यालय बनाउन ५० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
नेता तामाङले क्षेत्र नं. १ को पार्टी कार्यालयको भवनको निर्माणका लागि ५० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता तामाङले ३० वटा वडालाई ५० हजारका दरले दिने पनि उल्लेख गरेका छन् ।
कांग्रेस कार्यालयसहित विपत व्यवस्थापनसहितका काममा तामाङले ७० लाख दिने उल्लेख गरेका छन् ।
‘मैले नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ मा क्षेत्रीय पार्टी कार्यालयको भवन निर्माणको लागि ५० लाख रुपियाँ र क्षेत्र नं. १ मा रहेको प्रत्येक ३० वटा वडाहरूमा भवन निर्माणको लागि रु.५० हजारको दरले १५ लाख रुपियाँ दिनेछु’, उनले भनेका छन् ।
‘बिपत ब्यवस्थापनको लागि ५ लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने गरि ७० लाख रुपिया दिने घोषणा गरेको छु’, नेता तामाङले भनेका छन्, ‘भवन निर्माणमा आवश्यक परेको खण्डमा थप अझै केहि रकम र निर्माण सामग्री थप्ने मनस्थिति गरेको छु ।’
‘यहाँहरू सबैको साथ सहयोगले मेरो अभियान साकार हुन्छ भन्ने कुरामा बिश्वस्त रहनेछु’, कांग्रेसका युवा नेता तामाङले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया