देउवाले बोलाए कांग्रेसको बैठक, गगन–विश्वप्रकाशले अब काम देखाउने
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
सभापति देउवाले १४औं महाधिवेशनबाट चुनिएर आएका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक पुस १० गते बोलाएका हुन् ।
१४औं महाधिवेशनको निर्वाचनबाट निर्वाचितहरूको अन्तिम परिणाम बिहीबार साँझसम्म आउनेछ ।
मंसिर २४–२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो ।
कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा एकजना कोषाध्यक्षलाई मनोनीत गरिनेछ ।
सभापतिले थप ३३ केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेछन् ।
महाधिवेशनबाट उप–सभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापा र शर्मासँग कार्यकर्ताले धेरै ठूलो अपेक्षा राखेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया