ग्रिसमा गाडी दुर्घटना, चार जना नेपालीहरूको मृत्यु
काठमाडौं । ग्रिसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ४ जना नेपालीहरूको पहिचान खुलेको छ ।
कात्तिक २५ गते टर्कीबाट ग्रिस छिर्न खोज्दा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा चार जना मृत्यु भएको थियो ।
मृत्यु हुनेमा दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–६ का ३० वर्षीय राजु लामा, रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया रमिला घले ‘शर्मिला’, कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
सवारी लाइसेन्स नभएका मोल्दोभाली चालकले चलाएको कालो कारमा १५ जना सवार थिए ।
ग्रिस प्रहरीले रोक्न खोजेपछि तीव्र गतिमा हुइँकिएको कार पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका दोलखा, भीमेश्वर नगरपालिका–९ का मनु लामा र कैलालीको गौरीशंकर नगरपालिका–४ का लोकराज आचार्य केही दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । लोकराज र लक्ष्मण असोज २ मा नेपालबाट सँगै टर्की उडेका थिए । मनु र राजु भने असोज ९ मा उडेका थिए ।
एजेन्टहरू शम्भु लामा, ईश्वर लामा, सुरज लिम्बूलगायतलाई पैसा बुझाएर उनीहरू गएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया