कांग्रेसको केन्द्रीय सदस्य गण्डकीतर्फ यी तीन जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य गण्डकी प्रदेश महिला १ पदमा सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छिन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार राति नतिजा सार्वजनिक गरेर अर्याल २५९३ मतसहित निर्वाचित भएको जनाएको छ । अर्याल शेखर कोइराला समूहकी हुन् । प्रतिद्वन्द्वी विष्णुदेवी पाण्डे १९१८ मतसहित पराजित भएकी छिन् ।

महिलातर्फ ४६६३ मत खसेको थियो । १७ मत बदर भएको समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।

केन्द्रीय सदस्य गण्डकी प्रदेश खुला २ पदतर्फ कृष्णचन्द्र नेपाली पोखरेल र ध्रुव वाग्ले निर्वाचित भएका छन् ।

पोखरेलले २३०६ मत र वाग्लेले २७२० मतसहित केन्द्रीय सदस्यमा जित हासिल गरेका हुन् । पोखरेल शेखर कोइराला समूह निकटका हुन् । वाग्ले सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित पोखरेल गण्डकी प्रदेशका मुख्यमन्त्री पनि हुन् ।

खुला दुई पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । रेशमबहादुर बानियाँ १९३१ र सोभियतबहादुर अधिकारी २०२७ मत पाएर पराजित भएका छन् ।

Published : Wednesday, 2021 December 22, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया