कांग्रेसको ७ केन्द्रीय सदस्य खस आर्यतर्फ को–को अगाडि ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खस आर्यतर्फ २३०० मतगणना भएको छ ।

खस आर्यतर्फ ७ जना केन्द्रीय सदस्यका लागि १३ जनाले प्रतिस्पर्धा गरेका छन् ।

केशवकुमार बुढाथोकी ९२३ मतसहित सबैभन्दा अगाडि रहेका छन् । गोविन्द शाहले ९०९ पाएका छन् । भीम पराजुलीले ८७३, मधु आचार्यले ८२७ र श्यामकुमार घिमिरेले ८१८ मत पाएका छन् ।

नारायणबहादुर कार्कीले ८०१, गहेन्द्र गिरीले ७५०, विष्णुकुमार कार्कीले ७३०, हरिबोल भन्डारीले ६९७ मत पाएका छन् ।

ताराप्रसाद कोइरालाले ६७५, कमलबहादुर शाहले ६५९, मेदनी सिटौलाले ६१७ र प्रकाश शर्मा पौडेलले ५४२ मत पाएका छन् ।

Published : Wednesday, 2021 December 22, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया