कांग्रेसको केन्द्रीय सदस्यमा अजयले गगनकै शैलीमा भोट पाए, के छ अवस्था विनोद चौधरीको ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधेशी खुलातर्फ अजय चौरसियाले सबैभन्दा धेरै मत पाएर अग्रता लिएका छन् ।
मधेशीमा ५ जना केन्द्रीय सदस्यका लागि नेताहरूका बीच प्रतिस्पर्धा भइरहेको छ । मंगलबार बिहान सानेपामा जारी मतगणनामा ४२०३ मतगणना भएको छ ।
पछिल्लो पटक प्राप्त नतिजाअनुसार चौरसियाले २२७२ मत पाएका छन् । अजयले गगनकुमार थापाले महामन्त्रीमा भोट पाएकै शैलीमा मत पाएका छन् ।
भोट पाएको अन्तर हेर्दा कांग्रेसमा अजय चौरसिया निकै लोकप्रिय रहेको देखिएको छ ।
दोस्रो नम्बरमा विनोद चौधरीले १९७६ मत पाएका छन् । विनोद चौधरी नेपालका सबैभन्दा धनी व्यक्तिमा पर्छन् ।
तेस्रो नम्बरमा चन्द्रमोहन यादवले १९२२ मत पाएका छन् । चन्द्रमोहन पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् ।
चौथो स्थानमा महेन्द्रकुमार यादवले १७९२ मत पाएका छन् भने पाँचौँ स्थानमा दिनेशकुमार यादवले १७७० मत पाएका छन् ।
अधिकांश नेताहरू सभापति शेरबहादुर देउवा समूहका हुन् । चन्द्रमोहन यादव सभापतिमा पराजित शेखर कोइराला समूहका हुन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया