कम्युनिस्टप्रति अनुदार नेता बस्नेतलाई कांग्रेसका प्रतिनिधिहरूले न्याय दिए

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मोहनबहादुर बस्नेत निर्वाचित भएका छन् ।

आइतबार साँझ कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको केन्द्रीय सदस्य ३५ जना खुलातर्फको अन्तिम नतिजामा बस्नेतले २४७६ मतसहित निर्वाचित भएका हुन् । बस्नेतले १३औँ स्थानमा धेरै मत पाएका छन् ।

कम्युनिस्टहरूप्रति अनुदार मानिने नेता बस्नेतले कोरोना महामारी, बाढीपहिरोका बेला जनताको उद्धार र राहतमा ठूलो योगदान दिएका थिए ।

नेता बस्नेतले आफूलाई मतदान गरेर विजयी बनाउने महाधिवेशन प्रतिनिधिहरूलाई धन्यावाद समेत दिएका छन् । उनले आफूलाई मतदाताहरूले विश्वास गरेर दिएको मतको कदर गर्ने बताएका छन् ।

Published : Monday, 2021 December 20, 9:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया