दाङका नेताद्वय गिरी र घिमिरे कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य ३५ खुलातर्फ दाङ जिल्लाबाट दुई जना नेताहरू निर्वाचित भएका छन् ।

आइतबार साँझ सार्वजनिक भएको अन्तिम नतिजाअनुसार दीपक गिरी र कृष्णकिशोर घिमिरे खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

गिरीले २२६५ मत पाएका छन् । घिमिरेले १७०७ मत पाएका छन् । गिरी सभापतिमा पराजित शेखर कोइरालाको टिमबाट उम्मेदवार बनेका थिए ।

घिमिरे सभापति शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए ।

Published : Sunday, 2021 December 19, 11:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया