कांग्रेस नेता लामाको अपमान गर्ने कान्तिपुर र सिरोहिया सबैभन्दा ठूलो ‘गुण्डा’ र ‘डन’

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामालाई कान्तिपुर पब्लिकेशनको अनलाईन ‘ई–कान्तिपुर डटकम’ले ‘गुण्डा नाइके’ भनेर अपमान गरेको छ ।

ई–कान्तिपुरले ‘गुन्डा नाइके’ गणेश लामा पनि कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भन्ने शीर्षक राखेर समाचार लेखेको छ ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई लामाका बारेमा कुनै आपत्ति छैन भने कान्तिपुर पब्लिकेशनलाई किन टाउको दुखाइ बन्यो ?

कान्तिपुर दैनिक र त्यसका मालिक कैलाश सिरोहियाका बारेमा कसैले पनि समाचार लेख्ने हिम्मत गर्दैनन् । सबैभन्दा पीडित कान्तिपुर र सिरोहियाबाट सर्वसाधारण जनता बनेका छन् ।

कान्तिपुर पब्लिकेशनका संस्करणहरूले आफ्ना मालिक सिरोहियाको अनुकूल हुने गरेर समाचार सम्प्रेषण गर्दै आएका छन् । यही कारण कान्तिपुर पब्लिकेशनले आफ्नो विश्वसनियता गुमाउँदै गएको छ ।

कुनै समय लामाले के काम गर्थे त्यो विषयमा उनले कानूनबाट पाउनुपर्ने दण्ड सजाय पाइसकेका छन् । कतिपय मुद्धाबाट लामाले सफाइ पाइसकेका छन् ।

लामा शान्तिपूर्ण जीवनमा फर्किसकेका छन् । उनले कांग्रेसको राजनीति गरेका छन् ।

कांग्रेसको राजनीति गर्दा कान्तिपुर पब्लिकेशन र त्यसका मालिक सिरोहियालाई किन टाउको दुख्यो ?

सिरोहियाका छोराले जस्तो हर्कत लामाले गरेका छैनन् । सिरोहियाले जस्तो नुनदेखि सुनसम्मको व्यापार गरेर लामाले कालोधन लुकाएका छैनन् ।

सिरोहिया पनि कान्तिपुर पब्लिकेशन चलाउनुभन्दा अगाडिसम्म के थिए ? अहिले कहाँ पुगेका छन् ? उनको सम्पत्ति के कति छ भनेर खोजबिन गर्ने हो भने सबै कुरा बाहिर आउनेछ ।

सबैभन्दा ठूलो ‘गुण्डा’ र ‘डन’ कान्तिपुर पब्लिकेशन र उसका मालिक सिरोहियामाथि हात हाल्न राज्यका कुनै पनि अंग डराउँछन् । कान्तिपुर र सिरोहियाले जस्तो आतंक लामाले मच्चाएका छैनन् ।

कान्तिपुर पब्लिकेशन र सिरोहिया सुध्रिएकै राम्रो हुन्छ । अहिलेसम्म कमाइ गरेको सम्पत्ति राम्रोसँग राख्ने हो भने कान्तिपुर पब्लिकेशन र सिरोहियाले सबैलाई सम्मान गर्न सिक्नुपर्छ । अन्यथा एकदिन कान्तिपुर र सिरोहियाका दिन पनि खराब नहोला भन्न सकिँदैन ।

कान्तिपुर पब्लिकेशनको हालत पतला हुँदै गइरहेका बेला कांग्रेसका नेता कार्यकर्तामाथि हमला गर्दा मूल्य चुकाउनुपर्ने दिन आउन सक्छ ।

Published : Sunday, 2021 December 19, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया