अहँकारी एमाले एक्लियो, संसदमा उत्पात नमच्चाउन चेतावनी
काठमाडौं । निरन्तर प्रतिनिधि सभाको बैठक अबरोध गरेर उत्पात मच्चाउँदै आएको एमालेलाई सुध्रिन नेपाली कांग्रेससहितका दलहरूलाई चेतावनी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सर्वदलीय बैठकले एमालेलाई संसदमा अबरोध नगर्न सुझाव दिएका छन् ।
असहमति प्रकट गर्ने नाममा एमालेले संसदलाई बन्धन बनाएको आरोप सर्वदलीय बैठकले लगाएको छ ।
सरकारका प्रवक्ता समेत रहेका प्रविधि, सूचना तथा सञ्जारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा अबरोध नगर्न एमालेसँग आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो । जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन ।’
‘प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ’, उनले भनेका छन् ।
सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको थियो । एमालेले बैठक बहिस्कार गरेको थियो ।
‘संसदीय लोकतन्त्रलाई जिवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण छ’, मन्त्री कार्कीले भने, ‘त्यसको मतलब संसद चल्न नदिने भन्ने होइन ।’
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने विषयमा कुनै निर्णय भएन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी सम्झौता संशोधन गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि एमसीसी संशोधनविना अगाडि बढाउन नसकिने धारणा राखेका छन् ।
सरकारका प्रवक्ता मन्त्री कार्कीले केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया