शेखर कोइरालाको घरमा गुटको बैठक बस्दैन, बसे पनि म जान्न : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले सभापतिमा पराजित शेखर कोइरालाको घरमा गुटका बैठक नबस्ने बताएका छन् ।
एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा महामन्त्री थापाले गुटको बैठक गर्न शेखर कोइरालाको घरमा नजाने बताए । उनले विगतका गुटका बैठक नेताहरूको घरमा बसे जस्तो यस पटक त्यस्तो नहुने बताएका छन् ।
उनले सभापति शेरबहादुर देउवालाई पनि गुटको बैठक नगर्न सचेत गराएका छन् । उनले भने, ‘सभापति सबैको हो । मेरो नेता भनेर गुटको बैठक गर्ने अधिकार सभापतिलाई छैन ।’
उनले भने, ‘पहिलाको जस्तो कार्य दोहोरिँदैन । ४० प्रतिशतको भाग माग्न जाँदैनौँ ।’ उनले आफू अब गुटको भन्दा पनि कांग्रेसको महामन्त्री रहेको बताए । ‘म गुटको महामन्त्री होइन । म समग्र कांग्रेसको हुँ’, थापाले भने, ‘मलाई भोट हाल्नेको पनि महामन्त्री हुँ । भोट नहाल्नेहरूको पनि महामन्त्री हुँ ।’
‘गुटको बैठक शेखर कोइरालाको घरमा बस्दैन । शेखरसँग कुरा हुन्छु’, थापाले भने, ‘गुटको महामन्त्री बनेर जाँदैन । गुटको बैठक हुँदैन । यो धन्दा चलाउँदैनौँ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया