उप–सभापति खनालले दिए देउवालाई शुभकामना, अब तिक्तता भुलेर कांग्रेस बनाउने हो
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति एवम् युवा नेता राजु खनालले सभापतिमा शेरबहादुर देउवा विजयी भएकोमा शुभकामना दिएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत उप–सभापति खनालले देउवालाई नयाँ कार्यकालको शुभकामना दिएका हुन् । खनालले मतदान गरेर सभापतिमा देउवालाई विजयी बनाउने महाधिवेशन प्रतिनिधिहरूलाई पनि धन्यावाद दिएका छन् ।
उनले भने, ‘सभापतिमा शेरबहादुर देउवाको दोस्रो कार्यकाल शुरु भएको छ । उहाँको नेतृत्वमा अब कांग्रेसले सबै तहको निर्वाचन जित्नुपर्छ ।’
‘महाधिवेशनभन्दा अगाडिका तितामीठा कुरालाई भुलेर मिलेर एक भएर जानुपर्छ’, खनालले भने, ‘हामी मिल्यौ भने कांग्रेसलाई कसैले जित्न सक्दैन ।’
Published : Wednesday, 2021 December 15, 12:40 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया