प्रदीप पौडेलले दिए देउवालाई शुभकामना र बधाइ
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएकोमा युवा नेता एवम् महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले बधाइ तथा शुभकामना दिएका छन् ।
बुधबार बिहान पौडेलले देउवालाई बधाइ तथा शुभकामना दिएका हुन् ।
‘प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु’, पौडेलले भनेका छन् ।
‘तपाईंले नेतृत्व गर्नुभएको नेपाली कांग्रेसले आउँदा दिनमा हाम्रो राष्ट्रीय एकता, सहअस्तित्व, सहमति र सहकार्यलाई थप एकताबद्ध बनाउँदै अघि बढ्ने छ, यही विश्वास लिएको छु’, युवा नेता पौडेलले भनेका छन् ।
उनले भने, ‘पार्टीका समूर्ण नेता कार्यकर्ता र शुभचिन्तक सबैलाई संगठित गरेर आसन्न तीन वटै तहको निर्वाचनमा कांग्रेसको सशक्त उपस्थिति गराई पार्टीलाई विजयी गराउन कुशल नेतृत्व गर्नुहुनेछ, यही भरोसा गरेको छु ।’
‘नेपाली कांग्रेस, लोकतन्त्रको रक्षा र संस्थागत विकास, संविधानको विधि पूर्वक पूर्ण कार्यान्वन गर्दै सम्पूर्ण धेय लोकतान्त्रिक समाजवादको मूल्य मान्यता अनुसार सिङ्गो देशको विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ, यही अठोट गरेको छु’, उनले भनेका छन् ।
‘वीपी कोइरालादेखि सुशील कोइराला सम्म कांग्रेस नेतृत्व गर्नु भएका सम्पूर्ण अग्रजहरूको निष्ठा, त्याग, बलिदान, अदम्य साहस र लामो संघर्षले मात्रै आजको लोकतन्त्र स्थापना भएको हो’, उनले भनेका छन् ।
‘यिनै अग्रजहरूले निर्माण गरेको सुदृढ लोकतान्त्रिक परम्परा भएको नेपाली कांग्रेसले अर्को नयाँ इतिहास रच्न सक्नुपर्छ, यही कामना र कर्म गरौं’, उनले भनेका छन् ।
‘नेपाली कांग्रेलाई आम जनताको जीवन सङ्ग जोड्दै गतिशील बनाउन सबैले सहकार्य गरौं’, युवा नेता पौडेलले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया