‘अराजक हर्कत’ले कमल थापाका दशा बिग्रिए, तोरीको फूल देखाउने तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मूल सैद्धान्तिक आधारस्तम्भ राजसंस्थाविरुद्ध विष वमन गरेको भन्दै पूर्वअध्यक्ष कमल थापामाथि अनुशासनको कारवाही गर्न कार्यकर्ताले माग छ ।
राजसंस्था र हिन्दूराष्ट्र अनुकूल महाधिवेशनको म्याण्डेट लत्याउने कुचेष्टा गरेको भन्दै थापालाई अनुशासनको कारबाही गर्न माग उठेको हो ।
निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतसहित समितिलाई विवादमा तान्ने दुष्प्रयास गरेको भन्दै थापालाई नसिहत दिनुपर्ने माग पार्टीमा उठेको छ ।
थापालाई कारबाही गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर, फोन गरेर र खुला पत्र लेखेर यस्तो दवाब दिनेहरूको संख्या उल्लेख्य रहेको छ ।
देशभित्रबाट मात्र नभएर विदेशमा रहने राप्रपाका समर्थक र शुभचिन्तकहरू पनि थापाको पयालनवादी हर्कतबाट आजित बनेका छन् ।
राप्रपाका पूर्वअध्यक्ष थापा, राप्रपाको मुख्य सैद्धान्तिकस्तम्भ संवैधानिक राजसंस्था प्रतिकुल गएको भन्दै युवा नेता विशालविक्रम शाहले आपत्ति जनाएका छन् ।
राप्रपाको लेटरप्याड दुरुपयोग गरेर राजसंस्था र हिन्दुका मुद्दा कमजोर बनाउने थापाले दुष्प्रयास गरेको भन्दै शाहले औकातमा बस्न चेतावनी दिएका छन् ।
अमेरिकाबाट अध्यक्ष लिङ्देनलाई पत्र लेख्दै पूर्वअध्यक्ष थापामाथि छानविन गरी कारवाही गर्न शाहले माग गरेका छन् ।
चुनाव हारेर गैरजिम्मेवार रुपमा राप्रपालाई कमजोर बनाउन थापा लागीपरेको भन्दै शाहले चिन्ता र चासो प्रकट गरेका हुन् ।
राप्रपाको फेसबुक पेजमा राखिएको एक सूचनाले धेरै कुरा प्रष्ट पारेको छ । ‘कमल थापाले राजा धर्म ६५ करोडमा बेचेको सूचना छ, छानविन गरेर कारवाही गरौं’, अपीलमा भनिएको छ ।
‘पार्टीको लेटरप्याड दुरुपयोग गर्दै, कमलजीले सर्वोच्च महाधिवेशन प्रतिनिधिहरूको बेइज्जत गर्ने, संयोजक हरिबहादुर बस्नेतलगायत निर्वाचन समितिलाई दाग लगाउने दुष्कर्म गरेका छन्, उनको दिमागी हालतसमेत जाँच गरी स्पष्टीकरण सोधौं’, अध्यक्ष लिङ्देनप्रति लक्षित सामूहिक मागपत्रमा भनिएको छ ।
कतिपयले थापाको अप्रजातान्त्रिक रवैया र मानसिक स्वास्थ्यलाई लिएर टिप्पणी गरेका छन् ।
केन्द्रीय सदस्य गोविन्द खडायत भन्छन्, ‘चुनावी हारले गर्दा मानसिक सन्तुलन गुमाउने खतरा देख्दै छु म काजी सापको ।’
राप्रपाका युवा नेता राजीव लामिछाने भन्छन्, ‘राजेन्द्र लिङ्देललाई निर्मल निवासले भोट हालेर विजयी गराएको होइन, राप्रपाभित्रका परिवर्तनकारी कार्यकर्ताहरूले भोट हालेर विजयी गराएका हुन । कुनै अमुक यथास्थितिवादीले हार्दैमा निर्मल निवासमाथि छानबिन गर्नुपर्छ भन्नु पागलपन हो । प्रजातान्त्रिक पद्धतिमा यस्तो कुराको कुनै तुक छैन ।’
केन्द्रीय सदस्य विन्दा गिरी भन्छन्, ‘गलत मान्छेलाई नेता मानेका रहेछौं । आज हामीले नेतृत्व परिवर्तन गरेर पार्टी एजेन्डा र आम कार्यकर्तालाई न्याय गर्यौं ।’
अध्यक्ष लिङ्देनसँग थापाले चुनाव हारेसँगै राप्रपा एवं राप्रपा नेपालका संस्थापक नेताद्वय पद्मसुन्दर लावती र रविन्द्रनाथ शर्माको चर्चा राप्रपा वृत्तमा ह्वात्तै बढेको छ ।
राप्रपाको अध्यक्षमा जनजातीको छोरो निर्वाचित भएको थापालाई फिटिक्कै मन परेको छैन । लिङ्देनले थापालाई हराएर अध्यक्षमा निर्वाचित भएपछि बरबराइरहेका थापाले राजसंस्थामाथि नानाभाँती आक्षेप लगाइरहेका छन् । थापाले आफूलाई जनजाती विरोधीका रुपमा देखाइरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया