देउवासँगै सिंह–निधि देखिएपछि बबाल रमाइलो, देउवाका समर्थकले भृकुटीमण्डप खचाखच

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान चलिरहेको छ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा साढे तीन बजेदेखि शुरु भएको मतदानमा एक घण्टामा करीव १ हजार मत खसिसकेको छ । मतदान गर्न करीव ५ मिनट लाग्ने गरेको महाधिवेशन प्रतिनिधिहरूले बताएका छन् ।

सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले मतदाताहरूसँग आफू उपस्थित भएर मत मागेका छन् । देउवासँगै नेता प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि देउवालाई मत मागेका छन् ।

गृहमन्त्री बालकृष्ण खाण, नेता रामहरि खतिवडासहितका नेताहरूले पनि मतदानस्थलमा देउवालाई मत मागेका छन् ।

उता, सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले पनि प्रतिनिधिहरूसँग मत मागेका छन् । कोइरालासँग मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, गगन थापाहरू मैदानमा उत्रिएका छन् ।

भृकुटीमण्डपमा देउवाको पक्षमा अलिक धेरै माहोल छ । कोइरालाका समर्थकहरू थोरै मात्र देखिएका छन् । अधिकांश प्रतिनिधिहरूले गलामा देउवाको तस्विर राखेको देखिएको थियो ।

Published : Tuesday, 2021 December 14, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया