कल्याण गुरुङद्वारा देउवालाई समर्थन, मतदान गर्न अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मतदान गर्न अपील गरेका छन् ।

प्रधानमन्त्री समेत रहेको सभापतिका उम्मेदवार देउवासँग भएको टेलिफोन सम्वाद र भेटमा सहयोग गर्न आग्रह गरेपछि आफूले पनि समर्थन जनाएको गुरुङले बताएका छन् ।

उनले भनेका छन्, ‘सभापतिका उम्मेदवार शेरबहादुर देउवाज्यूलाई मतदान गर्न अपील गर्दछु ।’

Published : Tuesday, 2021 December 14, 2:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया