निधिद्वारा देउवालाई मतदान गर्न अपील

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मतदान गर्न अपील गरेका छन् ।

मंगलबार निधिले अपील जारी गरेर सभापतिमा देउवालाई मतदान गर्न आग्रह गरेका हुन् ।

‘निर्वाचनमा मलाई साथ दिने साथीहरू र मलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु’, निधिले भनेका छन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नको लागि गर्नुभएको आग्रहलाई स्विकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु’, निधिले भनेका छन् ।

‘पहिलो चरणको निर्वाचनमा मलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरूलाई दोस्रो चरणको मतदानमा सभापति पदमा शेरबहादुर देउवाजीलाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरुलाई अनुरोध गर्दछु’, निधिले अपीलमा भनेका छन् ।

Published : Tuesday, 2021 December 14, 2:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया