सभापतिको मतगणनामा निधि र गुरुङबीच रोचक संघर्ष, पुच्छारतिर भिडन्त

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार विमलेन्द्र निधिको लज्जास्पद हार हुने पक्का भएको छ ।

मंगलबार बिहान ८ बजे प्राप्त पछिल्लो नतिजाअनुसार निधिले २०१ मत पाएका छन् । प्रदेश नं. २ को मतगणना सक्किएको छ । आफ्नै प्रदेशबाट समेत निधिले राम्रो मत पाउन सकेनन् ।

गृहमन्त्री बनेका बेला आईजीपी बनाउने काण्डमा लफडा गरेकै कारण कांग्रेसलाई प्रतिनिधि सभाको निर्वाचनमा ठूलो नोक्सान भएको थियो । निधिकै कारण कांग्रेसलाई नोक्सान भएको थियो ।

एमाले समर्थक नवराज सिलवाललाई आईजीपी बनाउन नपाएपछि निधिले गृह मन्त्री पदबाट राजीनामा दिएका थिए । पछि देउवाले सम्झाएर फर्ता पठाएका थिए । आईजीपी काण्डबाटै निधिका कारण कांग्रेसको दशाबिग्रिएको थियो ।

अहिले आएर निधिको दशाबिग्रिएको छ । देउवालाई छाडेर सभापतिमा उम्मेदवार बनेका निधिले ३२ सय ८२ मत गणना हुँदा दुई सय १ मत पाएका छन् ।

५ जना सभापतिका उम्मेदवार बनेका छन् । शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा चलिरहेको छ । प्रकाशमान सिंहले पनि सम्मानजनक मत पाएका छन् ।

सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले १७ मत पाएका छन् । निधि र कल्याण गुरुङबीच सबैभन्दा पुच्छारमा जानबाट बच्न संघर्ष भइरहेको छ । निधि र गुरुङ सबैभन्दा पुच्छारमा छन् ।

Published : Tuesday, 2021 December 14, 8:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया