कांग्रेस सभापतिको मतगणना केही छिनमा हुँदै, कसले जित्ला ?
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा खसेको मतको मतगणना अबको केही समयपछि हुने भएको छ ।
राष्ट्रिय सभा गृहमा मतगणनाको तयारी भइरहेको छ । राति साढे ११ बजे मतगणना सम्पन्न भएको थियो । निर्वाचन समितिले उम्मेदवारहरूका प्रतिनिधिलाई बोलाएको छ ।
सभापतिमा ४ जना उम्मेदवार भएका कारण मतगणना पहिला हुन लागेको हो । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार हुन् । यी उम्मेदवारहरूमध्ये देउवा सबैभन्दा बलियो मानिएका छन् । देउवालाई शखेर कोइरालाले टक्कर दिने अनुमान छ ।
नेतृत्व चयनका लागि भएको निर्वाचनमा ४ हजार ६७९ मत खसेको छ ।
४ हजार ७४३ जना महाधिवेशन प्रितिनिधमध्ये ४ हजार ६७९ जनाले मतदान गरेका छन् । ६४ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका छैनन् ।
सभापति पदमा जितका लागि कुनै पनि उम्मेदवारले २ हजार ३४० मत ल्याउनुपर्नेछ ।
सभापतिका उम्मेदवारमध्ये कसैले पनि खसेको कूल मतको ५० प्रतिशतभन्दा बढी अर्थात २ हजार ३४० मत कटाउन नसके सभापति चुन्न दोस्रो चरणको मतदान हुनेछ ।
दोस्रो चरणको मतदानमा सबैभन्दा धेरै मत ल्याउने २ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया