सभापतिमा हारेको प्रधानमन्त्रीलाई नैतिक संकट पर्छ, कांग्रेसलाई मैले जिताउँछु : देउवा
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उच्च मनोबलका साथ मुलुक र पार्टीलाई निर्वाचनमा लैजान चाहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले एमाले अध्यक्ष केपी ओली अहिले पनि सत्ता कब्जा गर्ने प्रयासमा रहेकाले कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका हुन् । उनले कांग्रेसलाई जिताउन सभापतिमा हारेको प्रधानमन्त्रीलाई नैतिक संकट पर्ने बताए ।
‘म पार्टी सभापति बने तीन तहको निर्वाचन जिताउनेछु’, देउवाले भने, ‘प्रधानमन्त्रीका रुपमा स्वतन्त्र, निष्पक्ष निर्वाचन गराउँछु ।’ सभापति देउवाले भनेका छन्, ‘कांग्रेसलाई पुरानै अवस्थामा पुर्याउँछु ।’
उनले प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री र पार्टी सभापति फरक–फरक व्यक्ति हुँदा सरकार र पार्टी दुबै कमजोर भएको इतिहास रहेको बताएका छन् ।
‘यहाँ देउवाको हार जितको विषय होइन, प्रजातन्त्र बचाउनुछ, कांग्रेसलाई जिताउनुछ’, सभापति देउवाले भनेका छन् ।
देउवाले सभापतिमा आफू र आफ्नो टिमलाई विजयी बनाउन अपील गरेका छन् । देउवाले दोस्रो कार्यकाल पार्टी सभापति बनेर कांग्रेसलाई देशभरि जिताउने योजना रहेको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया