जित्ने सम्भावना हुँदाहुँदै टिमका लागि कांग्रेस नेता गोर्खालीले उम्मेदवारी फिर्ता लिए
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता राजेन्द्रबहादुर गोर्खाली ‘राजु’ले केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि गोर्खालीले ३५ जनाको खुलातर्फ केन्द्रीय सदस्य पदमा शनिबार मनोनयन दर्ता गराएका थिए । नेता गोर्खालीले आइतबार उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. २ का अत्याधिक मतसहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित युवा नेता गोर्खालीले टिमका शीर्ष नेता र साथीहरूको परामर्शमा उम्मेदवारी फिर्ता लिएका हुन् ।
केन्द्रीय सदस्य पदमा निर्वाचित हुने सम्भावना हुँदाहुँदै टिमका नेताहरूलाई सहयोग गर्न आफूले मनोनयन फिर्ता लिएको उल्लेख गरे । उनले आफ्नो टिमका नेताहरूलाई विजयी बनाउन लाग्ने बताएका छन् ।
उनले भने, ‘टिममा म एक्लै केही पनि होइन । टिमले जित्यो भने मेरो पनि जित हुन्छ । कांग्रेसको जित हुन्छ । पदका लागि मरिमेट्ने व्यक्ति होइन । पार्टीमा काम गर्ने अवसरहरू फेरि पनि आउँछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया