योगेन्द्र चौधरीद्वारा कांग्रेसमा मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद योगेन्द्र चौधरीले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

शनिबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता चौधरीले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । उनले थारुतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

कांग्रेसको हालको कार्यसमितिको केन्द्रीय सदस्य समेत रहेका नेता चौधरीले आफूलाई विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।

Published : Saturday, 2021 December 11, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया