पूरै जिल्ला सर्वसम्मत बनाएका पूर्वमन्त्री गुरुङद्वारा कांग्रेसको सदस्यमा मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।
शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता गुरुङले सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । आदिवासी जनजातीतर्फको सदस्य पदमा उनले मनोनयन दर्ता गराएको निजी सचिवालयले जनाएको छ ।
मनाङ कांग्रेसका पूर्वसभापति समेत रहेका गुरुङले आफूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।
उनले आफ्नो उम्मेदवारी कांग्रेसलाई बलियो बनाउने र पार्टीको नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्नु रहेको बताएका छन् ।
मनाङ कांग्रेसको दुई कार्यकाल सफल सभापति बनेका गुरुङले सर्वसम्मत कार्यसमिति र प्रतिनिधिहरू चयन गरेका थिए । कांग्रेसको महाधिवेशनको कार्यतालिकाभन्दा अगाडि नै गुरुङले जिल्ला अधिवेशनबाट नेतृत्व र प्रतिनिधिहरू सर्वसम्मत बनाएका थिए ।
कांग्रेसका कार्यकर्तालाई समस्या पर्दा संरक्षण गर्ने उनको खुबी छ । मनाङमा मात्र नभइ विभिन्न जिल्लाका कार्यकर्तालाई पनि उनले संरक्षण गर्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया