रामहरि खतिवडाद्वारा सदस्य पदमा मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

शनिबार राष्ट्रिय सभा गृहमा खतिवडाले सदस्य पदमा मनोनयन दर्ता गराएको उनका स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।

नेता खतिवडाले खुल्लातर्फ उम्मेदवारी दिएको जनाएका छन् । उनले आफूलाई मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।

Published : Saturday, 2021 December 11, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया