देउवा समूहबाट खाणलाई महामन्त्री बनाउन दवाव

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणलाई महामन्त्री बनाउन दवाव बढेको छ ।

खाणलाई सभापति शेरबहादुर देउवाको टिमबाट महामन्त्री बनाउन नसकिने समाचार बाहिर आएपछि चिन्ताको विषय बनेको छ ।

कांग्रेसका नेता विमल ढकालले सभापति देउवाको टिमबाट खाणलाई महामन्त्रीमा उम्मेदवार बनाउनुपर्ने बताए ।

‘कांग्रेसलाई बचाउन बालकृष्ण खाणलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्छ’, नेता ढकालले भने, ‘सभापति देउवालाई सफल बनाउन खाणको ठूलो योगदान छ ।’

सभापति देउवाको समूहबाट महामन्त्रीमा खाणको नाम काटिएपछि यो समूहबाट खाणलाई नै महामन्त्री बनाउन दवाव परेको हो । खाण कांग्रेसभित्र पकड रहेका नेताका रुपमा परिचित छन् ।

Published : Saturday, 2021 December 11, 10:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया