उप–सचिव तिवारीले पाए त्रिवि समन्वय महाशाखा प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपालकै पुरानो जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको समन्वय महाशाखाको प्रमुखका रुपमा त्रिभुवन विश्वविद्यालयले प्राविधिक उप–नियन्त्रक (कम्प्युटर) उप–सचिव दीपक तिवारीलाई जिम्मेवारी दिएको छ ।

पर्वत जिल्लाको पैञ्यु गाउँपालिका– ६ का स्थायी बासिन्दा तिवारीलाई समन्वय महाशाखाको निमित्त प्रमुख भइ काम गर्न विश्वविद्यालयले २०७८ मंसिर २३ देखि लागु हुने गरी जिम्मेवारी दिएको हो ।

त्रिविको बेथिति, विसंगतीविरुद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रिवि स्थापना गरी पेशागत हकहित र सेवा सुविधामा निरन्तर आवाज बुलन्द गर्दै आइरहेका तिवारी नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समिति (सबै विश्वविद्यालयका कर्मचारीहरूको छाता संगठन)को समेत संस्थापक अध्यक्ष भएर पेशागत आन्दोलनको उठान समेत गर्दै आएका छन् ।

तिवारी पछिल्लो समयमा कर्मचारी महासंघको सचिवालय सदस्य र विश्वविद्यालयका कर्मचारीहरूको एकता अभियानका संयोजक र त्रिवि कर्मचारीहरूको आधिकारीक ट्रेड युनियन त्रिवि कर्मचारी संघको वरिष्ठ उपाध्यक्ष समेत भई नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका छन् ।

सेवामा विश्वविद्यालयले पहिलोपटक बि.बि.ए कार्यक्रमको प्रशासनिक जिम्मेवारी कुशलताका साथ सम्पन्न गरी त्रि.वि शिक्षण अस्पतालको योजना तथा निर्माण शाखा प्रमुखको जिम्मेवारी समेत उनले पूरा गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहँदा जनसेवामा सक्रिय र अस्पताल सुधारमा क्रियाशील तिवारीको त्यहाँबाट सरुवा पश्चात २०७७ पुस १६ गते रमाना लिएर त्रिवि केन्द्रीय कीर्तिपुरमा हाजिर हुन पुगेका थिए ।

तत्पश्चात त्रिवि सामान्य प्रशासन महाशाखा कीर्तिपुरअन्तर्गत भौतिक सम्पत्ति व्यवस्थापन शाखाको जिम्मेवारी सम्हाल्दै उक्त शाखाको प्रमुख भएर काम गरेका तिवारीलाई समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।

पदस्थापना कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय महासमितिका महासचिव लोकेन्द्र आरसी, उप–महासचिव प्रकाश सापकोटा, नेराकसं त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं विभिन्न पेशागत संगठनका पदाधिकारीहरुले प्रमुख तिवारीलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

Published : Friday, 2021 December 10, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया