ललितपुरमा बालुवाटार सखाप पार्ने अमात्य देउवा समूहबाटै उठे, भानुलाई लगाए पैसा खाएको आरोप

काठमाडौं । ललितपुर जिल्लामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समूहलाई पत्तासाफ पारेका नेता मदनबहादुर अमात्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

ललितपुर कांग्रेसका निवर्तमान सभापति समेत रहेका अमात्यले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । अमात्यले खुलातर्फ उम्मेदवारी दिने जनाएका छन् ।

ललितपुर कांग्रेसको अधिवेशनमा अमात्यले अन्तरघाती रामकृष्ण चित्रकारलाई एकलौटी रुपमा सभापतिमा उम्मेदवार बनाएका थिए । देउवा समूह निकटको हुँभन्दै आएका अमात्यको हर्कतले ललितपुरमा देउवा समूहको पत्तासाफ भएको छ ।

युवा नेताहरू एवम् पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतसहितका नेताहरूसँग सल्लाह नै नगरेर अमात्यले अन्तरघाती चित्रकारलाई सभापतिमा उम्मेदवार बनाएका थिए । हुन त चित्रकारलाई अन्तरघातीको कारबाहीबाट अमात्यले फुकुवा गरेर सफाइ दिएका थिए ।

अमात्यका कारण ललितपुर कांग्रेसको झगडाले नेता प्रकाशमान सिंह निकटका जितेन्द्रकुमार श्रेष्ठले सभापतिमा जितेका छन् । श्रेष्ठलाई नेताहरू राणा, बस्नेतलगायतले साथ दिएका थिए ।

ललितपुरमा देउवा समूहको ‘हत्या’ गरेका अमात्यले अहिले आफूलाई सभापति देउवाको भक्त भनेर भन्दै हिँडेका छन् । ललितपुरको पुल्चोकस्थित आकाशे पुलमा सभापति देउवा र आफ्नो तस्बिरसहितका ठूलो ब्यानर राखेका छन् ।

ललितपुर कांग्रेसका बहुमत नेताहरूले अमात्यलाई सभापति देउवाको समूहबाट केन्द्रीय सदस्य पदको टिकट दिन नहुने दवाव बालुवाटारलाई छ ।

ललितपुर कांग्रेसभित्रको लफडामा अमात्यले सभापति देउवाका स्वकीय सचिव भानु देउवा, उप–सभापति विमलेन्द्र निधिलगायतलाई पैसामा किनेको भनेर आरोप लगाएका छन् ।

मदिरा सेवन गरेर अमात्यले ‘मा…मु…’ भनेर कांग्रेसका एकजना नेतासँग बोलेको त्यो अपशब्दसहितको टेलिफोनको अडियो रेकर्ड रिपब्लिका दैनिकलाई प्राप्त भएको छ ।

Published : Friday, 2021 December 10, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया