नेविसंघले यी ‘टीके’ र ‘हरूवा’हरूलाई पुरस्कृत गरेर कांग्रेसभित्र उथलपुथल ल्याइदियो
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चार जना हरुवाहरूलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।
नेविसंघले चार जनालाई कांग्रेसको महाधिवेशनमा मनोनीत गरेर महाधिवेशन प्रतिनिधिका रुपमा पठाउन पाउँछ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले कांग्रेसको वडा र महाविधेशन प्रतिनिधिमा पराजित भएका हरुवाहरूलाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेर सिफारिस गरेका छन् ।
नेविसंघका महामन्त्रीहरू महेश्वरी कुँवर, निलकण्ठ रिजाल, बलदेव तिमिल्सिना, कपिलेश्वर यादव तथा कांग्रेसका नेता विकास केसी रहेका छन् । उनीहरू सबै कांग्रेसको अधिवेशनमा हारेका हरुवा हुन् ।
विकास केसी इटहरी नगरपालिकाको नगर सभापतिमा पराजित भएका हुन् । महेश्वर कुँवर पाल्पामा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी थिइन् ।
बलदेव तिमिल्सिना सिन्धुपाल्चोकमा वडा अधिवेशनमा पराजित भएका थिए । निलकण्ठ रिजाल चितवनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । कपिलेश्वर यादव पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।
टीके महामन्त्री र हरुवाहरूलाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेर नेविसंघका अध्यक्ष राजीव ढुंगाना केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका छन् । नेविसंघको टीके अध्यक्ष ढुंगाना कांग्रेसको केन्द्रीय सदस्य पदमा पराजित हुने पक्का जस्तै छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया