नेता कर्ण बुढाद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता कर्णबहादुर बुढाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

डोल्पा जिल्ला स्थायी घर भएका नेता बुढाले कांग्रेसको १४औँ महाविधेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले कर्णाली प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेता बढुा कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् । उनले केन्द्रीय कार्यसमितिमा रहेर काम गर्नका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आफूलाई मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।

डोल्पा जिल्लाको कांग्रेस कमजोर भएका बेला नेता बुढाले कांग्रेसलाई एकढिक्का बनाएर अविधेशन गराएका छन् । उनले डोल्पासहित कर्णाली प्रदेशमा कांग्रेसलाई बलियो बनाउने प्रतिवद्धता जनाएका छन् ।

सभापति शेरबहादुर देउवा निकट मानिने नेता बुढाले कांग्रेसलाई सफल पार्टी बनाउन देउवाको नेतृत्व आश्यक रहेको बताएका छन् ।

Published : Thursday, 2021 December 9, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया