काठमाडौं–३ कांग्रेसका नेता भण्डारीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता हरिबोल भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेता भण्डारीले आफूलाई मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् । उनले नेता कार्यकर्ताहरूको सुझावमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ३ बाट अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भण्डारीले युवाहरूलाई केन्द्रीय कार्यसमितिमा स्थान दिन प्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।

कांग्रेसलाई सुदृढ र सशत्तल बनाउन आफ्नो उम्मेदवारी भएको बताउँदै उनले १३औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । त्यस बेला भण्डारीले सम्मानजनक मत ल्याएका थिए ।

सरल, सहयोग, आत्मीय र स्पष्ट वक्ताका रुपमा परिचय बनाएका कांग्रेस नेता भण्डारीले आफ्नो उम्मेदवारी पार्टीलाई विधि र विधानअनुसार चलाउनका लागि रहेको बताएका छन् ।

Published : Thursday, 2021 December 9, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया