देउवाको दोस्रो कार्यकालमा चुनाव जितेर एकलौटी सरकार बनाउँछौँ : डा.महत
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले शेरबहादुर देउवाको दोस्रो कार्यकालमा कांग्रेसलाई ठूलो पार्टी बनाएर एकलौटी सरकार बनाउने बताएका छन् ।
‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौं बिमोचन समारोहमा बोल्दै डा.महतले देउवा नै दोस्रो कार्यकालका लागि उपयुक्त रहेको बताए । उनले देउवालाई मतदान गरेर निर्वाचित गराउन अपील गरेका छन् ।
सह–महामन्त्री डा.महतले कांग्रेसमा देउवाको नेतृत्वको आवश्यक्ता महशुस गरेको बताएका छन् ।
‘शेरबहादुर देउवाको नेतृत्वमा समावेशितामा मुलुकलाई प्रवेश गराउनुभयो’, उनले भने, ‘पछाडि पारिएका जनतालाई बराबरीको अवस्थामा बनाउन शेरबहादुर देउवाले नेतृत्व गर्नुभयो ।’
उनले भने, ‘दोस्रो कार्यकालमा सशक्त रुपमा अगाडि बढ्ने छौँ । आगामी चुनावमा जितेर एकलौटी सरकार बनाउनेछौँ ।’
‘पार्टीमा कहिल्यै पनि बहुमत प्रयोग गर्नु भएन । सबैलाई मिलाएर लैजानन्छु भनेकै कारण कांग्रेस भएको छ’, डा.महतले भने, ‘अरु पार्टीमा बिग्रह छ । कांग्रेस मिलेर बसेको छ ।’
‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकलाई सह–महामन्त्री डा.महतले नै लेखेका हुन् । अग्रेजी संस्करणको यो किताबलाई नेपालीमा पनि अनुवाद गरेर छिट्टै बजारमा ल्याइनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया