नेता बहादुरसिंह लामाले सह–महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाले सह–महामन्त्री पदमा उम्मेदवारी दिने जनाएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता लामाले १४औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने जनाए ।

उनले भने, ‘म दुई पटक केन्द्रीय सदस्य बनिसके, अब पदाधिकारीमा उम्मेदवार बन्छु । हाम्रो बिचार समूह र साथीहरूको सुझाव पनि पदाधिकारीमा उम्मेदवार बन्नुपर्नेछ ।’

नुवाकोट जिल्ला स्थायी घर भएका नेता लामा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । कार्यकर्ता संरक्षणमा आफूलाई सधै केन्द्रित बनाउँदै आएका नेता लामा नुवाकोटमा मात्र नभइ विभिन्न जिल्लाहरूमा संगठन निर्माणमा काम गर्दै आएका छन् ।

Published : Thursday, 2021 December 9, 8:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया