कांग्रेसका युवा नेता डा.अन्सारीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा.अबुल हुसेन अन्सारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

डा.अन्सारीले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् ।

उनले समावेशी मुस्लिमतर्फ उम्मेदवारी दिनेछन् । डा.अन्सारीले आफूलाई मतदान गरेर केन्द्रीय सदस्य पदमा विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।

डा.अन्सारी सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ निवासी हुन् ।

उनी क्षेत्र नं.४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

डा.अन्सारीका दाई हारुन अन्सारी सुनसरी क्षेत्र नं.४ ‘ख’का पूर्वसभापति हुन् । भोक्राहा नरसिंह गाउँपालिका–४ मा नेता हारुन कांग्रेसबाट निर्वाचित वडाध्यक्ष छन् ।

कांग्रेसको राजनीतिमा सक्रिय रहेका डा.अन्सारी पेशाले चिकित्सक हुन् । उनले बङ्गलादेशबाट चिकित्साशास्त्रको अध्ययन पूरा गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका डा.अन्सारीले केन्द्रीय नेताहरूको परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

Published : Wednesday, 2021 December 8, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया