माओवादीको लालकिल्लामा भिडेर आएका आचार्यद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनोजमणि आचार्यले पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री समेत रहेका नेता आचार्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका हुन् ।

उनले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर संगठन निर्माणमा काम गर्ने तयारीका साथ उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

नेता आचार्यले कांग्रेसलाई नयाँ र पुरानो पुस्तालाई मिलाएर लैजानका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘पार्टीका अग्रज नेता कार्यकर्ताको सम्मान अनिर्वाय गर्नुपर्छ’, उनले भने, ‘नयाँ पुस्तालाई पनि पार्टीमा जिम्मेवारी दिएर अगाडि बढ्दै जानुपर्छ ।’

वडा अधिवेशनदेखि नै कांग्रेसमा युवाहरूको आकर्षण बढेको बताएका नेता आचार्यले युवाहरूको बिचारलाई उचित स्थान दिनुपर्ने बताएका छन् ।

रोल्पा जिल्ला स्थायी घर भएका आचार्यले माओवादीको कथित जनयुद्धका बेला रोल्पामा कांग्रेसलाई बचाउन भूमिका खेलेका थिए ।

माओवादीसँग भिडेर नेविसंघ र पार्टीको राजनीति गरेका आचार्य नरम स्वभावका नेताका रुपमा परिचित छन् ।

माओवादीले कथित जनयुद्धका नाममा रोल्पालाई लालकिल्ला बनाएको थियो । तैपनि माओवादीको आतंक र त्रासबाट नआत्तिएर युवा नेता आचार्यले कांग्रेसको बचाउ गरिरहेका थिए ।

कम्युनिस्टहरूप्रति अनुदार नेताका रुपमा छवि बनाएका आचार्यले कांग्रेसले मात्रै मुलुक र जनताको पक्षमा काम गर्ने उल्लेख गरेका छन् ।

कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।

Published : Tuesday, 2021 December 7, 3:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया