पूर्वमन्त्री गुरुङद्वारा कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वजिल्ला सभापति टेकबहादुर गुरुङले १४औँ महाविधेशनम केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । पार्टीभित्रका शीर्ष नेता, कार्यकर्ता र शुभेच्छुकहरूसँगको परामर्शमा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

‘कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहेर काम गर्ने तयारी गरेको छु’, नेता गुरुङले भने, ‘१४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेछु ।’

मनाङ जिल्लामा दुई पटकसम्म सर्वसम्मत पार्टी सभापति बनेका गुरुङले कांग्रेसको संगठन निर्माणमा ठूलो योगदान दिएका छन् ।

मनाङ जिल्लामा हालै आएको बाढीपहिरोको प्रकोपमा जनतालाई खाद्यान्नसहितको सहयोग गरेका थिए । गण्डकी प्रदेशका जिल्ला नेताहरूमा उनको राम्रो सम्बन्ध छ ।

सभापति शेरबहादुर देउवा निकट मानिने नेता गुरुङले कांग्रेसलाई कम्युनिस्टसँग भिड्नका लागि तयारी अवस्थामा राख्न १४औँ महाधिवेशनले नेतृत्व चयन गर्नुपर्ने बताए ।

कम्युनिस्टप्रति अनुदारवादी नेताका रुपमा चिनिने गुरुङले अबको सबै निर्वाचनमा कांग्रेसको जित अनिवार्य भएको बताएका छन् ।

सुशील कोइराला प्रधानमन्त्री रहेका बेला गुरुङ मन्त्री बनेका थिए । उनी दोस्रो संविधान सभाका बेला मनाङको निर्वाच क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

Published : Monday, 2021 December 6, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया