कांग्रेसका चर्चित युवा नेता खनालको शानदार जित, तनाबमा हराउन खोज्ने यी धुन्दुकारीहरू
भैरहवा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले लुम्बिनी प्रदेश कांग्रेसमा उप–सभापतिमा निर्वाचित भएर आफ्नो लोकप्रियता प्रस्तुत गरेका छन् ।
संस्थापन पक्षबाट सभापतिका उम्मेदवार भरतकुमार शाहको प्यानलबाट उप–सभापतिमा उम्मेदवार बनेका खनालले अन्तिम समयमा पासा पल्टाइदिएका हुन् । खनालले ७९२ मत पाएका थिए । उनले आफ्ना प्रतिद्वन्द्वीलाई ठूलो मतअन्तरले हराइदिएका छन् ।
खनाललाई हराउन आफ्नै गृहजिल्ला दाङका नाम चलेका र नचलेका धुन्दुकारी नेताहरू लागेका थिए । चरम घेराबन्दीका बाबजुद खनालले उप–सभापतिमा निर्वाचित भएर ती धुन्दुकारी नेताहरूलाई चकित बनाएका छन् ।
युवा नेता खनालले लुम्बिनी प्रदेशमा सभापति शेरबहादुर देउवाको समूहबाट जितेर उपस्थिति जनाएका छन् । लुम्बिनी कांग्रेसको कार्यसमितिमा देउवा समूह झण्डै निल हुन खोजेको थियो ।
कार्यसमितिमा खनालको उपस्थितिले नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला समूहलाई ठूलो तनाबको विषय बनेको छ । खनाल गृहमन्त्री समेत कांग्रेस नेता बालकृष्ण खाण निकट मानिन्छन् ।
उप–सभापतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै युवा नेता खनालले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई जितहारको रुपमा लिन नहुने बताएका छन् ।
‘मैले जितेको होइन । कांग्रेसको जित हो । महाधिवेशन प्रतिनिधि र शुचेच्छुकहरूले जिताउनु भएको हो’, उनले भने, ‘जितको उन्माद मैले देखानु हुँदैन । सबैलाई समेटेर जान सके भने मात्रै त्यसमा मेरो सफलता हुनेछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया