ओलीको ‘हनुमान’ बन्दा कमल थापालाई कार्यकर्ताले ‘धुलो चटाए’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।
काठमाडौंमा आइतबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार लिङ्देन विजयी भएका हुन् । कुल खसेको ३ हजार ८ सय ६५ मतमध्ये लिङ्देनले १ हजार ८ सय १७ मत पाएका छन् ।
लिङ्देनले कमल थापालाई २ सय मतअन्तरले हराएका छन् । अध्यक्षमा पराजित थापाले १ हजार ६ सय १७ मत पाएका छन् । राप्रपामा ४ सय ३१ मत बदर भएको छ ।
अध्यक्षमा पराजित थापा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका भक्त हुन् । मंसिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा एमालेको राष्ट्रिय महाधिवेशनमा एमाले र ओलीको प्रशंसा गरेका थिए । थापा अध्यक्ष ओलीको निकै प्रशंसक हुन् ।
राप्रपाका कार्यकर्ताले थापालाई ओली र एमालेको प्रशंसा र पुच्छर बनेको मन पराएका थिएनन् । महाधिवेशनमा थापालाई अध्यक्षमा हराएर सबक सिकाएका छन् ।
अध्यक्षमा हारेपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति रिस पोखेका छन् । आफ्नै हर्कतले पराजित भएका थापाले पूर्वराजाले हराएको भनेर आगो बनेका हुन् ।
हुन त अध्यक्षमा निर्वाचित लिङ्देनलाई एमालेकै अध्यक्ष ओलीले झापाबाट प्रतिनिधि सभा निर्वाचनमा जिताएका थिए । लिङ्देन र थापा कांग्रेसभन्दा पनि ओली र एमालेप्रति नरम छन् ।
अध्यक्षमा थापाको प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् ।
राप्रपामा चार उपाध्यक्षमध्ये तीन जना थापा प्यानलका विजयी भएका छन् । दुबै प्यानलमा समेटिएका विक्रम पाण्डे सर्वाधिक २ हजार ५ सय २१ मतसहित निर्वाचित भएका छन् ।
थापा प्यानलबाट उपाध्यक्षमा उम्मेदवार बनेका बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान पनि विजयी भएका छन् । तामाङले १ हजार ९ सय ४४ मत पाएका छन् । प्रधानले १ हजार ८ सय १४ मत पाएका छन् ।
महिला उपाध्यक्षमा थापा समूहकी रोशन कार्की १ हजार ५ सय ८९ मतसहित विजयी भएकी छिन् ।
महामन्त्रीमा लिङ्देनको प्यानलका धवलशम्शेर राणा सर्वाधिक मतसहित विजयी भएका छन् । राणाले २ हजार २ सय २१ मत पाएका छन् ।
थापा प्यानलका महामन्त्रीका उम्मेदवारद्वय भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भएका छन् । पाठकले १ हजा ७ सय ५ मत पाएका छन् भने शाहीले २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । शाही महिला महामन्त्री पदमा उम्मेदवार बनेकी थिइन् ।
महिला महामन्त्रीमा लिङ्देन प्यानलकी रेखा थापाले १ हजार ६ सय ४० मतसहित पराजित भएकी छिन् । पराजित थापा अभिनेत्री हुन् ।
राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।
सात सह–महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।
४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि छन् । ५१४ जनाले मतदानमा भाग लिएनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया